कुकुरसँग विवाह



नयाँदिल्ली, (एजेन्सी)
पूर्वी भारतको उडिसा राज्यमा अभिभावकले एक बालकको छिमेकीको कुकुरसँग विवाह गरिदिएका छन्। बेहुलालाई जंगली जनावरको आक्रमणबाट बचाउन र दुर्भाग्यबाट जोगाउन जयपुर जिल्लाको जनजातिको समुदायमा यस्तो विवाह परम्परागत रूपमा प्रचलित छ। सो विवाह कार्यक्रममा १ सय ५० भन्दा बढी पाहुनाको सहभागिता रहेको थियो।

बालकको मुखमा दुईवटा दाह्रा पलाएपछि उनलाई भविष्यमा हुन सक्ने दुर्भाग्यबाट जोगाउने अन्धविश्वासमा यो संस्कार सम्पन्न गरिएको हो। यसरी दाह्रा पलाउने व्यक्तिलाई भविष्यमा बाघ–हात्तीजस्ता तिखा दाँत भएका जनावरको आक्रमणमा पर्न सक्ने अन्धविश्वास मुन्डा जनजातिमा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्