अनुरागको साथी सार्वजनिक



रिलिजको तयारीमा रहेको फिल्म अनुरागको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

यस्तो साथी तिम्रो बन्छु म बोलको यो गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ भने शब्द सत्यराज यसआरसी, संगीत सरोज पोखरेल र संगीत संयोजन महाराज थापाको रहेको छ।

मनोरम दृश्यमा खिचिएको गीतको कोरियोग्राफी विक्रम स्वारले गरेका छन् भने यो गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन्। फिल्म भने भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। छयांकन रामकुमार केसीको रहेको छ।

फिल्ममा कथा किरण दाहाल, पटकथा र संवाद सत्यराज चौलागाईं र आगत केसीको रहेको छ। भरत गौतम र गीता भेटवालको निर्माण तथा ऋषिराज धमलाको प्रस्तुति रहेको फिल्म सत्यराज चौलागाईंले निर्देशन गरेका छन्।

एरिका फिल्म्सद्वारा निर्मित फिल्ममा सरोज खनाल, रुपा राना, एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, शिशिर राणा, मोहन निरौला, विस्व बस्नेत, कमलकान्त मैनाली, विद्या भट्टराई, दावा लामालगायतका कलाकार प्रमुख भूमिकामा छन्। यसअघि यो फिल्मको कान्छा दाइ गाना बजाइदेउ न र तिम्रो स्वरमा स्वर मिलाई बोलका गीतको भिडियो सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्