ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु १४ घाइते



धनवीर दाहाल, रुकुम ।

रुकुम पुर्वको भुमे गाँउपालिका १ पञ्चासेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गमा काम गर्ने रा १ त २२६१ नम्बरको ट्याक्टर शुक्रबार बेलुकी दुर्घटना हुँदा ४० बर्षिय गणेश भण्डारी र ३५ बर्षिय चुडामणी चौधरीको मृत्यु भएको हो । उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य १४ जना घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार दुर्घटनामा पर्ने सबै मध्यपहाडी लोकमार्गमा काम गर्ने रुकुम बाहिरका कामदार हुन् । दिनभर काम गरेर बेलुकका ट्याक्टर चढेर बस्ने ठाँउतिर फर्किँदै गर्दा दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्