बहुमत देखाउन आदेश



बेंगलोर, (एजेन्सी)
भारतको सर्वोच्च अदालतले कर्नाटकको भाजपा सरकारलाई शनिबार ४ बजेसम्ममा बहुमत देखाउन आदेश दिएको छ। हालै सम्पन्न कर्नाटकको विधानसभा चुनावमा कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको थिएन। भारतीय जनता पार्टी १ सय ४ सिटसहित सबैभन्दा ठूलो पार्टी बन्यो। चुनाव लगत्तै कांग्रेसले जेडीएससँग मिलेर सरकार बनाउने दावी गरेको थियो। चुनावमा कांग्रेसलाई ७८ र जेडीएसलाई ३७ सिट प्राप्त भएको थियो। तर राजपाले भाजपा नेता बीएस युदियुरप्पालाई सरकार बनाउन निमन्त्रणा दियो र बहुमत प्रमाणित गर्न दुई हप्ताको समय दिएको थियो। त्यसपछि कांग्रेस र जेडीएस सर्वोच्च अदालतको शरणमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्