८८ किलो सुन तस्करीका अभियुक्त धरौटीमा रिहा



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तलाई बिहीबार धरौटीमा छाड्ने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बिहीबार ५ लाख धरौटी तिरेर बिहीबार नै साधारण तारेखमा रिहा गरेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो।

मुख्य अभियुक्त नन्दकुमार पाण्डुरंग मरगले, उल्हास दिनकर सालुङगखेले जिल्ला अदालत काठमाडौं र उच्च अदालतको आदेशविपरीत वैशाख १० गते सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै उनीहरूलाई बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्चले रिहा गर्न आदेश दिए पनि अहिलेसम्म सो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। प्रहरीले काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट गत भदौ १९ गते ८८ किलो सुन बरामद गरेको थियो। उक्त सुन रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले नेपाल भिœयाइएको थियो।

प्रतिक्रिया दिनुहोस्