साताभर पुँजी बजारमा सामान्य सुधार



काठमाडौं, (नेस)
अघिल्लो साता ५ अंकको सामान्य सुधार देखिएको पुँजी बजारमा यस साता पनि झिनो अंकको मात्र सुधार देखिएको छ। नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ३९ दशलमव ६५ अंक कायम भएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७६ कम्पनीको कारोबार भएको छ। जसअनुसार १४ हजार २६ कारोबारबाट १ अर्ब ८ करोड १९ लाख ४१ हजार रुपियाँ बराबरका २३ लाख २९ हजार ४ सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम हो।

गत साता १ सय ८१ कम्पनीको कारोबार भएको थियो। जस अनुसार २९ हजार ३ सय १९ कारोबारबाट २ अर्ब १९ लाख ९९ हजार रुपियाँ बराबरका ४८ लाख १२ हजार ७ सय ७० कित्ता शेयर खरिद बिक्री भएका थिए। ‘कँ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य १२ अंकले बढेर २ सय ८२ दशमलव ३० अंकमा आईपुगेको छ। यस साता कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा देखिएको छ। बैंकको ७ करोड १ लाख ८० हजार रुपियाँ बराबरको २ लाख ११ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। त्यस्तै कारोबार संख्याका आधारमा भने नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर ६ सय ५२ पटक खरिद बिक्री भएको छ।

सूचीकरणतर्फ डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७ सय ९३ कित्ता बोनस शेयर, प्रभु बैंक २ करोड ११ लाख ९९ हजार ३ सय २१ कित्ता हकप्रद शेयर, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ लाख ३५ हजार ६० कित्ता बोनस शेयर, साइन रेसुंगा डेभलपमेन्ट बैंकको २७ लाख २७ हजार २ सय ३१ कित्ता बोनस शेयर र सिर्जना फाइनान्सको ८ लाख ८२ हजार ८ सय बोनस शेयर निस्कासन भएको छ। यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

प्रतिक्रिया दिनुहोस्