पर्यटन प्रवद्र्धन गर्दै विश्व साइकलयात्रा



काठमाडौं, (नेस)
विश्व साइकलयात्री अनिश ढकालको समूहले २० वटा मुलुकको भ्रमण गरेको छ। भूकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समूहले ‘प्रोमोटिङ नेपाल एन्ड एड्भोकेटिङ इन्भाइरोमेन्टलिज्म एन्ड पिसँ भन्ने नाराका साथ भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, बु्रनाई, सिंगापुर, मलेसिया, ताइवान, साउथ कोरिया, इजरायल, चिली, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका हुन्। निर्मल बराल र दिलीप क्षेत्रीसमेत सहभागी रहेको समूहले विश्व साइकल यात्राबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वका विभिन्न देशमा आफूहरू पुग्दाको अनुभव सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्