‘नेपालमा लगानीको वातावरण पर्याप्तँ



नेपाल समाचारपत्र
काठमाडौं
स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरू एवम् सरोकारवालालाई एउटै साझा थलोमा ल्याई व्यावसायिक अन्तत्र्रिmया गराउने उद्देश्यले आयोजित नेपाल टे«ड समिट सम्पन्न भएको छ। नेपाल, भारतलगायत सात राष्ट्रका स्टिल उद्योगी, सिमेन्ट र ऊर्जा उत्पादकको विशेष सहभागिता रहको यस कार्यक्रममा तीन सयभन्दा बढी प्रतिनिधि, २५ भन्दा बढी प्रदर्शनकर्ताको सहभागिता जनाएका थिए।

शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले समिटको औपचारिक उद्घाटन गर्दै देशमा अझै पूर्वाधारहरू धेरै बन्न बाँकी रहेको र मुलुक लोडसेडिङमुक्त भई लगानीको वातारण बनेकाले नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो। त्यस्तै उद्योगी प्रदीपकुमार श्रेष्ठले देशमा लगानीको लागि धेरै अवसर रहेको बताउनुहँुदै छिमेकी मुलुकका लगानीकर्तालाई नेपालमा साझेदारी गर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि सम्बोधन गर्नुभएको थियो।स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रका औद्योगिक विकासबारे जानकारी दिइएको थियो।

चीन तथा अन्य मुलुकबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मूल्यांकन, यस उद्योग क्षेत्रमा नयाँ अवसरका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तिको अवस्थाबारे जान्ने, निर्माण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राविधिक ज्ञानको बारे जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्