जाबो ४ अर्बको सम्पत्ति



अहिले बजारमा नेकपाको चर्चा छ। नेकपाले आफू शक्तिशाली भएको दावी गर्दै हिजो आज चुरीफुरी देखाउ“दै आएको छ। नेकपाका दुई अध्यक्षलाई अहिले हेडक्वार्टर चहार्दैमा ठीक छ। कुन हेडक्वार्टर ठीक भनेर दुवै अध्यक्षले अवलोकन गरेको दृष्यले भने सबैको मन छोएको छ। सर्वहारा पार्टी नेकपाको सम्पत्ति भने ४ अर्बभन्दा बढी रहको चर्चा अहिले बजारमा व्यापक छ।

१० वर्ष कुन्नि जनयुद्ध, धनयुद्ध गरेको र २ दशक सरकार सडक तताएका दुई ठूला पार्टीस“ग जाबो ४ अर्बको सम्पत्ति हुनु नौलो कुरा होइन। तर बजारमा जिब्रो काड्नेहरूको भिड भने बढेकोबढेकै छ। सम्पत्ति भनेको कांग्रेसस“ग मात्रै हुनुपर्ने हो कि के हो केही कांग्रेसी मित्रहरूले सम्पत्तिको कुरा उठाएर नेकपालाई बद्नाम गराउन लागेको भन्दै नेकपाका कार्यकर्ता भौतारिंदै हि“डेको दृष्य धरहराबाट हेर्न लायकै थियो। एसियाकै ३ नम्बरको उपाधि पाएको नेकपाको सम्पत्ति ४ अर्ब होइन ४ खर्बको हुनुपर्ने थियो नि ? कि कसो त पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्