करिअरमा अगाडि पढाइमा पछाडि



रश्मी थापा

बलिउड फिल्म नगरीमा यस्ता धेरै कलाकार छन् जो फिल्मी करिअरमा निकै अगाडि छन् भने पढाइमा पछाडि। बलिउडका नाम चलेका स्टारहरूको पढाइ यस्तो छ:

कंगना रनावत प्लस टुमै फेल
नायिका कंगना रनावतलाई सानैदेखि फेसनमा रुचि थियो। उनी एक मोडल वा अभिनेतृ बन्ने सपना देख्थिन् रे। तर, उनका मातापिता उनलाई डाक्टर बनाउन चाहन्थे। उनी आफ्ना मातापिताको कुरा मानेर त्यहीअनुसार अघि त बढ्थिन् तर उनको मन भने सधैं अरू केही चिजमा लाग्ने गथ्र्यो रे।

त्यसैले उनले पढाइमा ध्यान दिन सकिनन् र १२ कक्षा (प्लस टु) मा फेल भएपछि घर छाडेर दिल्ली पुगिन्। तर, आज उनी बलिउड फिल्म नगरीमा एक सफल अभिनेतृमा गनिन्छिन्।

अर्जुन कपुरले पनि पढेनन्
     अर्जुन कपुरले पनि कक्षा १२ को बोर्ड परीक्षामा फेल भएपछि स्कुल नै जान बन्द गरिदिए। त्यसपछि उनी आफ्ना निर्माता पिता बोनी कपुरलाई सहयोग गर्न थाले। उनी बलिउडका सफल अभिनेतामा दरिएका छन्।

करिश्मा कपुरले ६ कक्षामै छोडिन्
बलिउडको कपुर परिवारमा जन्मिएकी करिश्मा कपुरलाई बच्चैदेखि नै पढाइमा रुचि थिएन। उनको ध्यान केबल फिल्म क्षेत्रमा लाग्ने थियो। उनका मातापिता तथा परिवारका अन्य सदस्य पनि फिल्ममा लागेकाले बलिउडमा केही गर्न चाहन्थिन्। त्यसैले उनले फिल्मका लागि कक्षा ६ पछि पढाइ छाडिन् र बलिउड सिने जगत्मा नाम कमाइन्। उनी अभिनेता रणधीर कपुर तथा अभिनेतृ बबिता कपुरकी छोरी हुन्।

दीपिकाको पढाइ १२ कक्षा
नायिका दीपिका पादुकोणले पनि केबल १२ कक्षामात्र उत्तीर्ण गरेकी छिन्। उनी बाँकी पढाइका लागि भारतस्थित इन्दिरा गान्धी नेसनल ओपन विद्यालयमा भर्ना भएकी थिइन् तर मोडलिङमा लागेपछि पढाइ बीचमै छाडिन्। दीपिका बलिउडकीे सफल अभिनेतृ हुन्।

काजोलले सफलतापछि पढाइ त्यागिन्
काजोल एक बोर्डिङ स्कुलमा पढ्थिन्। १६ वर्षको उमेरमा पहिलो फिल्म बेखुदीमा अभिनय गरिन् भने फिल्म बाजीगरबाट उनले अपार सफलता हासिल गरिन्। अभिनयमा करिअर बनाउने क्रममा उनले पढाइ छाडिदिइन्। उनको पढाइ १२ कक्षासम्म पनि पुग्न सकेन।

कट्रिनाले स्कुल नै टेकिनन्
सुन्दा अचम्म लाग्न सक्छ तर चर्चित बलिउड नायिका कट्रिना कैफले त स्कुल नै टेकेकी छैनन्। उनी सानी छँदै उनका मातापिताको डिभोर्स भयो। उनकी आमा एक संस्थामा काम गर्थिन्। जसका कारण उनलाई एक देशबाट अर्को देश गइरहनु पथ्र्यो त्यसकारण उनी स्कुल जान पाइनन्। तर, उनकी आमाले उनका लागि घरमै ट्युसन कक्षाको व्यवस्था गर्ने गर्थिन्। १३÷१४ वर्षको भएपछि कट्रिना मोडलिङमा लागिन् र पढाइ छाडिन्। मोडलिङपछि उनले बलिउड फिल्ममा इन्ट्री लिइन्। शुरूशुरूमा त उनलाई सफलता हात लागेन तर बिस्तारै उनको कामको चर्चा हुन थाल्यो। आज उनी बलिउडकी लोकप्रिय अभिनेतृमा पर्छिन्।

सलमानको पढाइ पनि १२ कक्षा
नायक सलमान खानले पनि केबल १२ कक्षामात्र उत्तीर्ण गरेका छन्। मोडलिङमा लागेपछि करिअर अगाडि बढाउने क्रममा उनले पढाइ बीचमै छोडेका हुन्। उनी बलिउडका सर्वाधिक सफल स्टारका रूपमा स्थापित छन्।

 

प्रतिक्रिया दिनुहोस्