छाङ्छालाई साझा साहित्य पुरस्कार



काठमाडौ । साझा प्रकाशनले वर्षेनी प्रदान गर्दै आएको ‘साझा पुरस्कार–२०७३’ ‘दोहाको सीधा उडान’ यात्रा साहित्यका लागि स्रष्टा जय छाङ्छालाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशनबाट वर्षभरी प्रकाशित सर्वोत्कृष्ट ग्रन्थलाई सो पुरस्कार प्रदान गरिँदै आएको छ । त्यसैगरी ‘गरिमा सम्मान –२०७३’ पद्य विधातर्पm ‘गरिमा’ वर्ष ३५ अङ्क ६ पूर्णाङ्क ३८५ मा प्रकाशित ‘पानी जस्तै म’ शीर्षक कविताका लागि उषा शेरचन र गद्य विधातर्पm ‘गरिमा’ वर्ष ३५ अङ्क ३, पूर्णाङ्क ३८२ मा प्रकाशित ‘मास्कमाडौँहरूको महामाडौँ’ शीर्षक रचनाका लागि प्रा राजेन्द्र सुवेदीलाई दिइने साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

त्यस्तै ‘झा बालसाहित्य पुरस्कार २०७३’ ‘पच्चीस प्रतिभा’ पुस्तकका लागि गोपाल पराजुली र ‘साझा लोकसाहित्य पुरस्कार’ ‘उखान सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि प्रा डा कुलप्रसाद कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ ।

साझा पुरस्कारको राशि रु ५१ हजार तथा साझा बालसाहित्य र साझा लोकसाहित्य पुरस्कारका राशि रु १५–१५ हजार तथा गरिमा सम्मानको राशि रु १० –१० हजार छ ।

प्रतिक्रिया दिनुहोस्