प्रधानसेनापति स्वदेश फिर्ता



????????????????????????????????????

 

काठमाडौ(नेस) । पाकिस्तानका आर्मड फोर्सका प्रमुख जुबिआर मोहमद हायातको औपचारिक निमन्त्रणामा त्यस तर्फ प्रस्थान गर्नुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फर्कनु भएको छ । उहाँलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी, रक्षामन्त्री खुर्रम दस्तगीर खान,सेना प्रमुख हायातसं भेटवार्ता गर्नु भई पारस्परिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल गर्नु भएको थियो ।
सोहि क्रममा क्षत्रीले पाकिस्तानको डिफेन्स एक्सपोर्ट प्रमोसन अर्गनाइजेसन , बलूचिस्तान प्रान्तस्थित ग्वादर पोर्ट र अन्य महत्वपूर्ण स्थानहरुकोसमेत अवलोकन गर्नु भएको थियो ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरुको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्