३३ किलो सुन लुट्ने सुन तस्कर भुजुङ गुरुङ नै भएको खुलासा



 

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरणले नयां मोड लिएको छ । गत माघको अन्तिम साता भित्रुवन बिमानस्थल हुदै काठमाडौ भित्रिएको ३३ किलोसुन ब्यापारीकहां नपुगी बीचबाटोबाटै बेपत्ता भएको थियो । उक्त सुन गायव बनाउनेमा सुन तस्कर तथा राप्रपाका नेता भुजुड गुरुड नै भएको छ । उक्त सुन बेपत्ता काण्डमा गुरुडको नै संलग्नता रहेको गृह मन्त्रालयद्धारा गठित छानवीन समितिले पत्ता लगाएको छ ।
छानविन समितिले गरेको अनुसन्धानले सुन लुट्न भुजुङले खुडखार गुण्डालाई परिचालन गरेको खुलेको हो । ‘

सनम शाक्यको हत्यापछि पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन् । ‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे,’ लामाले बयानमा भनेका छन् । गुरुङले सुन लुट्न पठाएका युवा ठमेलका डान्सबारमा बाउन्सरको काम गर्ने गरेको नयां खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्