२८ वटा संस्थाले अमेरिकामा हुने नेपाल डे परेड २०१८ बहिस्कार गर्ने



 

न्युर्योक । बिगतका दुई वर्षहरूमा फिप्ना महासंघको नेतृत्व र समग्र नेपाली संघसंस्थाहरूको सकृय सहभागितामा नेपाल डे परेड भब्यतापूर्वक सम्पन्न भएको सर्वविदित छ तर यो वर्षको परेड दुर्भाग्यवश तीन जना व्यक्तिको नाममा गठित ईंकद्वारा तिनै व्यक्तिको आत्मतुष्टीको माध्यम बन्न पुगेको भन्दै फिप्ना लगायतका संस्थाले उक्त कार्यक्रम बिहस्कार गर्ने भएको छ ।
फिप्नाको ट्याक्स आईडी प्रयोग गरी पहिलो र दोस्रो नेपाल डे परेडमा झण्डै ६७ हजार डलर संकलन गरी फिप्नाको नाममा परेड सन्चालनका लागि बैंक एकाउण्ट खोलिए पनि हालसम्म परेडको आयब्यय, बैंकको पुरा स्टेटमेण्ट र बैंक एकाउण्ट र आयब्यय सम्बन्धी फिप्नाको नयाँ कार्यसमितिलाई कुनै हिसाबकिताब नबुझाएको, संकलित रकमबाट उब्रेको रकम तीन जना व्यक्तिको नाममा खोलिएको ईंकको बैंक एकाउण्टमा सुटुक्क ट्रान्फर गरेको प्रति फिप्नाले कानूनी कार्यवाही अघि बढ़ाईसकेकोले कार्यक्रम बहिस्कार गर्न लागेको बताइएको छ ।
फिप्नाले सामाजिक आर्थिक अपचलन गरी संस्थाको हीत बिपरित कार्य गरेको निस्कर्ष निकाल्दै निवर्तमान अध्यक्ष लुईसांग वाईवा र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई क्रमशस् सल्लाहकार र फिप्नाको प्रतिनिधित्व गर्नबाट निलम्बन गरिसकेको अवस्थामा फिप्नाले कानूनी कार्याबाही प्रकृया अघि बढाई सकेको ईंक र यसका तीन संचालकहरू वाईवा, श्रेष्ठ र रविकिरण कोईरालाको नेतृत्वमा हुने परेडमा जानु सामाजिक आर्थिक अपचलनलाई बढावा दिनु र सामाजिक अपराध हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्