अन्तरिक्ष पदयात्रा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका दुई फ्लाइट इन्जिनियरले बुधबार अन्तर्राष्ट्रिय स्पेस स्टेसन यस वर्षको पाँचौं अन्तरिक्ष पदयात्रा पूरा गरेका छन्। अन्तरिक्ष यात्रीद्वय ड्रयु प्mयुस्टेल र रिकी आर्नोल्डले स्थानीय समय राति करिब २ बजे आफ्नो अन्तरिक्ष पदयात्रा पूरा गरेको र उनीहरूले ६ घण्टा ३१ मिनेट अन्तरिक्ष केन्द्रबाट बाहिर बिताएको नासाले जनाएको छ। उनीहरूले अन्तरिक्ष केन्द्रबाहिर निस्केर मर्मत र संयन्त्रको परिमार्जन कार्य पूरा गरेका थिए। उनीहरूले केन्द्रको कुलिङ सिस्टम संयन्त्र अपग्रेड गरी नयाँ सञ्चार उपकरण जडान गरेका थिए। आईएसएसमा सन् १९९८ देखि अहिलेसम्मको २ सय १० अन्तरिक्ष पदयात्रा हो।

प्रतिक्रिया दिनुहोस्