सोनमको सेलिब्रेसन



गत हप्ता विवाह गरेकी नायिका सोनम कपुरको वेडिङ सेलिब्रेसन अझै जारी छ।

कान फिल्म फेस्टिवलको रेड कार्पेटमा आफ्नो सानदार उपस्थितिपछि उनले पति आनन्द आहुजासँग केक काटेर आफ्नो विवाहलाई ओरिएलको प्रतिनिधित्व गर्न गएकी उनलाई कम्पनीले केही सरप्राइज प्याकेज तयार गरेको थियो। कान्समा उनका लागि केक काट्ने व्यवस्था गरेको थियो।

केक काट्ने समय उनी उत्तिकै उत्साहित देखिन्थिन्, जति उनी आफ्नो विवाहमा देखिएकी थिइन्। उनले आफ्नो उक्त फोटो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्। उनले तस्वीर पोस्ट गर्दै लेखेकी छिन– ‘आनन्द आहुजा यो हामीहरूका लागि थियो।’

विवाहलगत्तै फिल्म फेस्टिवलमा भाग लिन गएकी उनी रेड कार्पेटमा आकर्षणको केन्द्र बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्