देशभर हैरान



बाल उमेरमै लभ यु बाबा नामक फिल्मक निर्देशन गरेर विश्वकै कान्छो निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल बाल निर्देशक सौगात विष्टद्वारा निर्देशित दोस्रो फिल्म हैरान आज शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ।

कमेडी र एक्सन नजरामा तयार भएको फिल्ममा सामाजिक विषयवस्तु समेटिएको निर्देशक विष्टले बताए। उनलले फिल्ममा कमेडीसँगै एक्सनसमेत भएको बताए। ‘यसपटक मलाई मेरो अंकल गम्भीर विष्टले टेक्निकल निर्देशकको रूपमा सहयोग गर्नुभएको छ।

अहिलेको हाम्रो समाजमा जीवनयापनको क्रममा विविध समस्यामा पर्ने पात्रको भोगाइलाई यसमा प्रस्तुत गरिएको छ।’ –सौगातले भने। उनले अघिल्लो फिल्ममा बाबु–छोरीबीचको प्रेम दर्शाएका थिए। फिल्ममा गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्साल, निस्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, सत्यराज आचार्य, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मालगायतका कलाकार प्रमुख भूमिकामा छन्।

डान्स फेभरको ब्यानरमा मुक्ति घले, सृष्टि घिमिरे र डाक्टर वाईएल लामा निर्माता तथा सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेको फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर विष्ट, द्वन्द्व मानचन्द्र पन्त, छायांकन नवराज उप्रेती र निरज कँडेलको रहेको छ।

प्रतिक्रिया दिनुहोस्