एशियामा चीन र भियतनाम पछि नेकपा तेस्रो ठुलो पार्टीमा दर्ज



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एक आपसमा बिलय भएर बनेको नयां पार्टी एसियामा तेस्रो ठुलो पार्टी बनेको छ । कम्युनिष्ट पार्टी स्थापना भएको ६९ बर्ष २५ दिनपछि सबै भन्दा ठुलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी भएपछि एसियामा तेस्रो ठुलो दल बनेको बताइएको छ ।
२००६ साल साउन ७ गते स्थापना भएको नेकपा २०१९बाट बिभाजन शुरु भएको थियो । बिभाजनको श्रृखला २०७५ जेठ ३ गते आएर अन्त्य भएको छ ।

२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहनु भएको नेकपा २०१९ सालमा आएर बिभाजन भएको थियो । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।

दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो
एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्