नेपाल कम्युनिष्ट पार्टी घोषणा, बहुदलीय जनवाद र माओवादलाई महाधिवेशनमा लगिने



काठमाडौं ।  वाम एकतापछि जन्मिएको नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्दै केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र प्रचण्डले केपी ओलीलाई सपथ खुवाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा सपथ लिएका छन् ।  यसअघी बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा सपथ लिएको हो । त्यस लगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिङ्गो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए । नेकपा कम्युनिष्ट पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने  छ ।

दुई पार्टीले बिहीबार एकताको घोषणा गरेका छन् भने निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्