अव तीन चौथाइ सिटमा चुनाव जित्ने दुवै अध्यक्षको दावी



काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा नेपाल कम्युनिष्ट पार्टीले एक्लैले तीन चौथाई मत ल्याउने दावी गर्नुभएकोछ । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभामा बोल्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको दावी गर्नुभयो ।
उहांले भन्नुभयो कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आगामी चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई मत पक्का आउँछ ।’ प्रधानमन्त्री ओलीले ओली र प्रचण्डको दुई तिर फर्किएको फोटो छाप्नेहरुलाई गतिलो जवाफ दिएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आजबाट अस्थिरता र अराजकताको युग समाप्त भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब देशमा विकास र सुशासनको युग सुरु भएको बताउनुभएको थियो ।
उहांले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको पनि बताउनुभयो । जनताको भावनाअनुसार नै सबै वामपन्थी शक्तिहरु एक ठाउँमा जुटून् भन्ने चाहना हुँदाहुँदै पनि कम्युनिस्टबीच टुटफुट हुँदै आएको चर्चा गर्दै उनले जनताको अगाडि गरेको संकल्प र प्रतिबद्धता पूरा गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्