पोर्नस्टारलाई ट्रम्पले पैसा तिरेको खुलासा (प्रमाण सहित)



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कथित शारीरिक सम्बन्ध भएकी पोर्नस्टारलाई पैसा दिनका लागि आफ्नो वकील मिकेल कोहेनलाई आफुले पैसा भूक्तान गरेको आधिकारीकरुपमा खुलासा गरेका छन् ।

एउटा फाइलले ट्रम्पले मिकेललाई एकदेखि दुई लाख पचास हजार डलरबीच रकम तिरेको देखाएको छ ।

ट्रम्पले यस अघि पोर्नस्टार स्टर्मी डेनियल्सलाई एक लाख तीस हजार डलर तिरेकोबारे आफुलाई थाहा नभएको बताएकf थिए ।

उक्त फाइलको फुटनोटमा ह्वाइट हाउसले भूक्तानीको जानकारी पारदर्शीताको लागि राखिएको उल्लेख गरेको थियो ।

स्टर्मी डेनियल्सलाई कथित सम्बन्धबारे गोपनियताको लागि भूक्तान गरिएको उक्त रकमले ट्रम्पका लागि कानुनी समस्या खडा गर्नसक्ने बताइएको छ । ट्रम्पको राष्ट्रपतिय चुनाव अभियान ताका भूक्तान भएकोले त्यो रकमले गैरकानुनी चुनावी अभियानमा योगदान दिएको कतिको बुझाइ छ ।

सरकारी नीतिको कार्यलय प्रमुखले मिकेलले भूक्तान गरेको उक्त रकमबारे उजूरी दर्ता गरिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्