एमाले र माओवादी विघटन



काठमाडौं । नेकपा एमाले नेकपा मा‌ओवादी केन्द्रले आ-आफ्नो पार्टीलाई विघटन गर्ने भएका छन् । नेकपा एमालेले पार्टी विघटनको बोलाएको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

नेकपा एमालेको रुपमा यो बैठक उसको पार्टी जीवनमा अन्तिम बैठक हुनेछ । बैठकले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछ।

केहीबेरमै माओवादीको बैठक पनि अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड निवास खुमलटारमा बोलाइएको छ । दुवै पार्टीको बैठकपछि संयुक्त बैठक बसेर निर्वाचन आयोगमा ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेको छ ।

दुवै पार्टी विघटन भएपछि आजै साँझ राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्