एमाले माओबादीको पार्टी एकिकरणबारे काग्रेसले भन्यो– शुभकामना छ



काठमाडौं । प्रमुख बामघटक दल नेकपा एमाले र माओबादी केन्द्रको पार्टी एकिकरण बारे नेपाली काग्रेसले यो एकताले संसदीय व्यवस्थालाई असर नपुगोस भन्दै शुभकामना दिएको छ ।

दुई कम्युनिष्ट पार्टीको एकिकरण बारे नेपाली काग्रेसको तफर्बाट प्रतिक्रिया दिदै प्रवक्ता विश्वप्रकाश शर्माले शुभकामना दिदै नेपाल समाचारपत्रसंग भन्नुभयो– यो एकिकरणले संसदीय व्यवस्थामा अविचलित हुन सफलता मिलोस् ।

साथै उहाले निर्वाचनको बेला गरेको स्थिरता कायम गर्ने प्रतिवद्धताको परिणाम देखाउनु पर्ने पनि बताउनु भएको छ । पार्टी एकता गर्ने उद्घोषका साथ सहकार्य गरि निर्वाचनमा होमिदा एमाले र माओबादीले ५ वर्ष सम्म स्थिर सरकार बनाउने प्रतिवद्धता गरेका थिए ।

‘कम्युनिष्टहरुको यो एकताले लोकतन्त्रको मुल्य मान्यतालाई उपहास गर्ने प्रवृति हटोस’ काग्रेस प्रवक्ता शमाार्ले भन्नुभएको छ– यसले संसदीय व्यवस्थालाई कुनै असर नपुगोस् र कुनै प्रकारको अधिनायकवदी मनोविज्ञान हावी नहोस् ।

पार्टी एकतालाई स्वागत र शुभकामना काग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले पनि एमाले माओबादी छुट्टछुट्टै बस्नुपर्छ भन्ने पक्षमा काग्रेस नरहेको भन्दै पार्टी एकिकरणलाई नेपाली काग्रेसको स्वागत र शुभकामना रहेको बताउनु भएको छ । साथै उहाले अहिले सत्ता सञ्चालनमा उनिहरु नै रहेकोले पारदर्शी ढंगले सत्ता सञ्चालनमा ध्यान दिनुपर्ने र राज्य संरचनामा पार्टीकरण हुन नहुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्