१० बुँदे घोषणापत्र जारी गर्दै मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलन



काठमाडौं । मातृभाषाको पत्रकारिताको विकास गर्न १० बुँदे घोषणा पत्र जारी गर्दै मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलन राजधानीमा सम्पन्न भयो ।

संघीय संरचनामा सञ्चार, मातृभाषा पत्रकारिताको आधार भन्ने मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघसंग संयोजन गरी सो सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा प्रस्तुत गरिएको २६ वटा भाषिक पत्रकारिता सम्बन्धी कार्यपत्रको नीष्कर्षलाई समेटिएर सो घोषणापत्र जारी गरिएको पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो ।

सो घोषणापत्रमा नेपाली सञ्चार जगत्‌मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपनर्े र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपनर्े उल्लेख गरिएको छ ।

नेपालमा विगत ९३ वर्षदेखि निरन्तरता पाइरहेको मातृभाषा पत्रकारिताको लहर आगामी दिनमा थप सशक्त बनाउँदै लानुपनर्े आवश्यकता अनुभव गर्दै राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपनर्ेमा घोषणापत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्नुपनर्े पनि घोषणापत्रमा औल्याइएको छ ।

मातृभाषा पत्रकारिता राज्यको आँखामा सकारात्मक संरक्षकत्व, प्रोत्साहन, प्राथमिकताको विषयवस्तु हुन नसकेका कारण परिपक्व, सुविधायुक्त, उर्वर र विकसित हुन नसकेको तथ्यलाई सम्मेलनले आत्मसात् गदर्ैर् घोषणापत्र जारी गरिएको पत्रकार दबूका अध्यक्ष महर्जनले बताउनुभयो ।

नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपनर्े र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउनुपर्ने खाँचो पनि घोषणापत्रमा औल्याइएको छ ।

त्यसैगरी घोषणापत्रमा नेपाली सञ्चार जगत्‌मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपनर्े र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपनर्े,नीति निर्माण तहमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपनर्े भनिएको छ ।

घोषणापत्रमा भनिएको छ ॅनेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपनर्े र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्दछ ।’

घोषणापत्रमा पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अङ्गका रूपमा आत्मसात् गरिनुपनर्े,आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपनर्े पनि उल्लेख गरिएको छ ।

यस अघि सम्मेलनको काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको थियो । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले र्प्रवद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले सो सम्मेलनको आयोजना गरिएको कार्यक्रम संयोजक एवं दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलनमा प्रस्तुत कार्यपत्रमा विविध भाषाको पत्रकारिताको इतिहास, अहिले भोग्नुपरिरहेको समस्या, राज्यले गर्नुपर्ने कार्यहरु समेटिएको थियो ।सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई समेटिएर पुस्तक प्रकाशन गर्ने पनि दबूले जनाएको छ ।

 

पूर्ण पाठ

नेपालमै पहिलोपटक २६ वटा आदिवासी जनजाति पत्रकारहरूको सहभागितामा ‘सङ्घीय संरचनामा सञ्चार – मातृभाषा पत्रकारिताको आधार’ मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घसाग संयोजन गरी नेसं ११३८ अनलाथ्व पारु (सन् २०१८ मे १६) का दिन नेपाल पर्यटन बोर्ड, काठमाडौामा आयोजना गरेको मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलनका हामी सहभागीहरू,
नेपालमा विगत ९३ वर्षदेखि निरन्तरता पाइरहेको मातृभाषा पत्रकारिताको लहर आगामी दिनमा थप सशक्त बनाउादै लानुपनर्े आवश्यकता अनुभव गदर्ै,
करिब एक शताब्दी लामो मातृभाषा पत्रकारिता राज्यको आाखामा सकारात्मक संरक्षकत्व, प्रोत्साहन, प्राथमिकताको विषयवस्तु हुन नसकेका कारण परिपक्व, सुविधायुक्त, उर्वर र विकसित हुन नसकेको तथ्यलाई आत्मसात् गदर्ै,
बहुजातीय, बहुभाषिक र बहुधार्मिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपनर्े र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउन बहुभाषिक पत्रकारिताका लागि समावेशी सञ्चार नीतिको अविलम्ब कार्यान्वयन गर्दै निम्नलिखित कदमहरू चाल्नुपनर्े निष्कर्षमा पुगेका छौा ः
– नेपाली सञ्चार जगत्‌मा आदिवासी जनजाति पत्रकारिताको न्यून उपस्थितिलाई नीति निर्माण तहले समस्याको रूपमा आत्मसात् गर्नुपनर्े र यसको समाधानका लागि बहुआयामिक सकारात्मक पहल अगाडि बढाउनुपनर्े,
– हाल गोरखापत्र दैनिकले अभ्यास गर्दै आएको बहुभाषिक पत्रकारितालाई समावेशी पत्रकारिताको एउटा नमूनाका रूपमा लिएर प्रत्येक प्रदेशको जनसङ्ख्या, भाषा, सांस्कृतिक बाहुल्यताका आधारमा मातृभाषी सञ्चारकर्मीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता गदर्ै आएका जनशक्तिको पेशागत सुनिश्चितता कायम गर्नुपनर्े,
– नीति निर्माण तहमा आदिवासी जनजाति पत्रकारको प्रतिनिधित्व सुनिश्चित गरिनुपनर्े,
– नेपाली सञ्चार माध्यमको अन्तर्वस्तुमा नेपालको विविधता प्रतिविम्बित हुनुपनर्े र त्यसका लागि समाचारकक्षमा आदिवासी जनजाति समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपनर्े,
– गैरमातृभाषी सञ्चार क्षेत्रमा संलग्न आदिवासी जनजाति सञ्चारकर्मीहरूलाई यस क्षेत्रमा परिचालन हुन प्रोत्साहित र आकषिर्त गरिनुपनर्े,
– जनजाति सञ्चारकर्मीको क्षमता विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनुपनर्े,
– पत्रकारितालाई समानता र सामाजिक न्याय, पहिचानका लागि आदिवासी जनजातिले गर्दै आएको आन्दोलनको अभिन्न अङ्गका रूपमा आत्मसात् गरिनुपनर्े,
– आदिवासी जनजाति सञ्चार पहलका लागि विशेष सुविधा तथा प्रोत्साहनको व्यवस्था हुनुपनर्े,
– राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपनर्े,
– राज्यले राष्ट्रिय स्तरमा प्रत्येक वर्ष मातृभाषा पत्रकारिता दिवस आयोजना गर्नुपनर्े ।
मातृभाषा पत्रकारिताको विकासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास गराउने र नेपाली पत्रकारिताको परिभाषालाई व्यापकता प्रदान गनर्े भएकोले आमसञ्चारमा सबैको पहुाच सुनिश्चित गर्न उल्लेखित बुादाहरू कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई आहृवान गर्दछौा ।

प्रतिक्रिया दिनुहोस्