नयाँ पार्टीको ९ सदस्यीय सचिवालय गठन



काठमाडाैँ । एमाले माअाेवादीकाे पार्टी एकतापछि  पार्टी सञ्चालनमा निर्णायक हुने गरी  ९ सदस्यीय सदस्यीय सचिवालय गठन भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले सचिवालय बनाउने निर्णय गरेकाे हाे । स्रोतले दिएकाे जानकारी अनुसार उक्त हाइकमाण्डकाे विष्णु पौडेल महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने बताइएकाे छ । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछ स्राेतले बताइएकाे छ  । एमाले र माअाेवादी केन्द्रले अाजै एकिकृत पार्टीकाे घाेषणा गर्ने तयारी गरिरहेका छन् ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्