सुनको मूल्य घट्यो



काठमाडौं । साताको पाँचौ दिन बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार सात रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार फेरि घटेर सुन प्रतितोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी‚ मंगलबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदीको मूल्य भने यथावत नै रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्