राष्ट्रियसभाको बैठक स्थगित गरी वाम एकता



/fli6«o;efsf] bf];|f] clwj]zg z’? ;+3Lo ;+;b ejg gofF afg]Zj/df cfOtaf/b]lv z’? ePsf] /fli6«o;efsf] bf];|f] clwj]zgsf] cWoIftf ub}{ cWoIf u0f]z ltldlN;gf. tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ । सबैभन्दा ठूला दुर्इ दल नेकपा एमाले र नेकपा मअाेवादी केन्द्रले अाज पार्टी एकताको घोषणा गर्न लागेकाे र प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन नसक्दा बैठक स्थगित भएको हाे ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भने प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउनका लागि राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए । अाज वाम एकताको घोषणा हुन लागेका कारण सत्तारूढ दलका नेता त्यतै व्यस्त रहने भएकाले नियमावलीमा सहमति जुटाउन समय समेत अपुग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्