रुपन्देहीको तिलोत्तमामा गाेली चल्याे



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा गोलि चलेको छ । अज्ञात समुहले प्रहार गरेको गोलीबाट निर्माण मजदूर कोटहीमाई ४ निबासी रामकेश धबल घाइते भएका छन् ।

घाइते धवलकाे क्रिमसन अस्पताल मणिग्राममा उपचार हुन नसकेपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धवल राममणी क्याम्पस नजिकको घर निर्माणमा संलग्न थिए ।

घटनाको बिस्तृत बिबरण आउन बांकी छ । र, गोली प्रहरा गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्