विवाहमा पिता नआउने



लन्डन, (एजेन्सी)
बेलायतका राजकुमार ≈यारीसँग शनिबार विवाहबन्धनमा बाँधिन लागेकी मेगान मार्कलका पिता थोमस आफ्नी छोरीको विवाह समारोहमा सहभागी नहुने भएका छन्। थोमसको उक्त निर्णयले बेलायती साही परिवारलाई ठूलो झट्का लागेको बताइएको छ। सोमबार थोमस मार्कलले साही विवाहअगाडि पापाराजी तस्वीरहरू बाहिर ल्याएको थिए। थामसले आफू मेगान र उनका भावी परिवारका लागि लज्जाको कारण बनेको लेविन्डसर क्यासलमा शनिबार नदेखिने निर्णयमा पुगेको हलिउडका एक निर्देशकले खुलासा गरेका थिए। एक हप्ताअगाडि मात्रै ह्दयघात हुन पुगेका थोमसले अस्पतालबाहिरै जाँच गराएका थिए।

प्रतिक्रिया दिनुहोस्