अग्राख चाहनेहरू



लौ अचम्म, एमाले–माओवादी अब चाहिँ मिल्ने रे। दुवै वाम पार्टी ‘मर्ज’ भएर आज बिहीबार नेपाल कम्युनिस्ट पार्टी बन्ने भएछन्। दुई दिनअघिसम्म ‘एमाले–माओवादी सम्बन्धमा खटपट’, ‘पार्टी एकता अन्योलमा’, एकता अनिश्चित जस्ता मुख्य हेडलाइन बनाएका अखबार र वर्षाद्मा च्याऊझैं उम्रिएका अनलाइन रातारात बदलिएका छन्।

दुवै पार्टी मिल्ने यति सदस्यीय केन्द्रीय समिति हुने, एमालेबाट यति, माओवादीबाट उती सदस्य रहने केन्द्रीय समिति बन्नेलगायतका व्यहोराका समाचार बुधबार अपरान्हदेखि छरपस्ट भएका छन्। स्थायी समितिको संख्यासमेत ठोकुवा ग¥या खबर आउन थाल्या छन्। यस्तो सुन्दा÷देख्दा धरहरालाई एकता अब चाहिँ पक्कै हो जस्तो लाग्यो।

तर पाठकवृन्द, नेपाली राजनीति न हो, रातभरमा के–के हुन्छ, हुन्छ, थाहा पाउनै गाह्रो। ‘रात रहे अग्राख पलाउँछ’ भन्ने चल्तीको नेपाली उखान पनि छ। विचरा⁄ दुवै पार्टीका धेरै ‘मझ्यौला नेता’लाई त्यही अग्राख पलाओस् भन्ने चाहना कम्ता छैन। यस्तै चाहनाका साथ दुवै पार्टीका धेरै नास्तिक नेताले बुधबार रातभरमा अग्राख पलाइहालोस् भन्दै भगवान् पुका¥या धरहराले राम्रै देख्यो।

त्यस्ता नेताको सूची लामै भएपनि यो दुःख र पीडाको अन्तिम क्षणमा नाम खुलासा गर्न धरहराले चाहेन। त्यस्ता पात्र को–को होलान् भन्ने खुल्दुलीमा रहनुभएका पाठकवृन्दले २÷४ हप्तामा आफैं पात्र चिन्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्