खालिदा जियालाई जमानत



ढाका, (एजेन्सी)
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाले देशको सर्वोच्च अदालतबाट एक मामिलामा बुधबार जमानत दिएकी छन्।

अदालतले ७२ वर्षीया खालिदा जियाका लागि मार्चमा एक उच्च अदालतद्वारा दिएको जमानत आदेशलाई कायम रोखेको बीबीडीन्युज २४ ले जनाएको छ। खालिजा जिया विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की प्रमुख हुन्।

उच्च अदालतले जुलाई ३१ मा टुहुराहरूको एक कोषमा भएको भ्रष्टाचार मामिलामा अभियुक्त ठह¥याइएको फैसलामा सुनुवाइ गर्न बताइएको छ। उक्त मामिलामा दोषी ठह¥याइएका जियालाई ५ वर्षको जेल सजाय दिइएको थियो। जियाका पति र पूर्व सैन्य शासक तथा राजनेता बनेबा जियाउर हरमानका नाममा बनेको उक्त ट्रष्टका लागि प्राप्त कोषमा हिना मिना भएको आरोप जियामाथि लगाइएको छ।

उक्त कोषबाट २ करोड १० लाख टाका विदेशी सहायता हिनामिना भएको उक्त मुद्दामा गत फेब्रुअरीमा बीएनपी प्रमुखलाई ५ वर्षको जेल सुनाइएको थियो। तर मार्च १२ मा उच्च अदालतले उनलाई अन्तिम जमानत दिइएको थियो। त्यसको लगत्तै भ्रष्टाचार उन्मुलन आयोग र सरकारलाई चुनौती दिँदै देशको पुनरावेदन अदालतमा सजाय रद्द गर्न याचिका दायर गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्