सुपरम्यान अभिनेत्री मार्गोटको निधन



हलिउड फिल्म सुपरम्यानकी अभिनेत्री मार्गोट किडरको ६९ वर्षको उमेरमा निधन भएको छ। अभिनय कलाबाट दर्शकको मन जितेकी उनको निधन मोटांनास्थित आफ्नै निवासमा भएको र यसको जानकारी उनका म्यानेजर क्यामिला फ्लेक्सम्यान पाइन्सले दिएको एजेन्सीले जनाएको छ। उनका अनुसार राति समयमै सुतेकी मार्गोट बिहान अबेरसम्म नउठेपछि उनको बारेमा बुझ्दा निधन भएको थाहा भएको थियो।

उनको निधनको खबरले पूरा हलिउड शोकमा डुबेको छ। २० वर्षको उमेरदेखि करिअरको शुरूआत गरेकी उनले सन् १९७८ मा आएको फिल्म सुपरम्यानबाट हलिउड फिल्ममा पहिचान पाएकी थिइन्। यस फिल्ममा उनले गरेको लुइस लेनको भूमिका दर्शकले निकै मन पराएका थिए। आफ्नो पूरा जीवनमा ७० भन्दा बढी फिल्म र टेलिभिजन कार्यक्रममा काम गरेकी उनले फिल्म द हन्टिङ आवरबाट एमी अवार्ड पनि जितेकी थिइन्। ८० को दशकमा क्यानडाका प्रधानमन्त्री पिएर टुडोसँगको डेटको कारण पनि उनी चर्चामा थिइन्।

प्रतिक्रिया दिनुहोस्