वसुन्धरालाई लाइफटाइम मौसमीलाई चलचित्रकर्मी सम्मान



छायाँछवि क्रियसनले आगामी जेठ १० गते राजधानीमा आयोजना गर्ने डी सिने अवार्डमा हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ।

अवार्डअन्तर्गत यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपाली कलाकारलाई लिएर नेपालमै पहिलोपटक निर्मित फिल्म आमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी हास्य अभिनेत्री वसुन्धरा भुसाललाई प्रदान गरिने भएको छ। छायाँछवि चलचित्रकर्मी रजत सम्मान अभिनेत्री तथा निर्मात्री मौसमी मल्ल तथा वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदान गरिने भएको छ।

त्यसै गरी छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार अभिनेता तथा सञ्चारकर्मी श्याम अर्याललाई प्रदान गरिने भएको छ। अर्याललाई १० हजार रुपियाँसमेत प्रदान गरिने छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए।

प्रतिक्रिया दिनुहोस्