लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा सञ्चालनमा



कास्की। एनआईसी एशिया बैंकले कास्की स्थित लेकसाइडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले नयाँ शाखाको  उद्घाटन गरेका हुन । उद्घाटनमा बोल्दै पौडेलले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कार्यक्रममा  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष, वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराइले बैंकलाई शुभकामना प्रदान गरेका थिए । एनआईसी एशिया बैंक यो नयाँ शाखा सहित मुलुकभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार  १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब र कुल निक्षेप करिब  १३४ अर्ब पुगिसकेको बैंकले जनाएको छ छ । यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्