क्रिकेट मैदानका लागि १ लाख ११ हजार सहयोग



डिभा बुटिकले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग प्रदान गरेको छ।

ललितपुरको मानभवनबाट आइतबार सञ्चालनमा आएको अन्तर्राष्ट्रियस्तरको डिभा बुटिक (जेडी कलेक्सन) को शुभारम्भ कार्यक्रमा हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सो रकम प्रदान गरिएको हो। बुटिकको सीताराम, कुञ्जना र पूर्वनेपाल सुन्दीले संयुक्तरूपमा शुभारम्भ गरेका थिए।

कार्यक्रममा बोल्दै कट्टेलले डेढ वर्षभित्र अन्तर्राष्ट्रिय खेल मैदान निर्माण सम्पन्न गर्ने जनाउँदै यस्तो सहयोगले आफूहरूलाई काम गर्न प्रेरणा मिलेको बताए। एक दशकदेखि फेसन डिजाइनमा सक्रिय जेनी श्रेष्ठ र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले डिभा बुटिक शुरू गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्