भारतका ६ राज्यलाई आँधीको चेतावनी



नयाँदिल्ली  । भारतको मौसम विभागले सोमबार ६ राज्यलाई आँधी–हुरीको चेतावनी दिएको छ ।
उत्तराखन्ड, हिमाचल प्रदेश, हरियाणा, पंजाब, चण्डीगढ, पश्चिमी उत्तराखण्ड र जम्मू–कश्मीरका केही इलाकामा आज आँधी–तूफान आउन सक्कने बताउँदै सर्तक रहन चेतावनी दिएको हो ।
आइतबार भारतको विभिन्न राज्यमा आँँधीले ताण्डव मच्चाएको थियो । २४ घण्टाको दौरानमा आँधी र तुफानले ताण्डव मच्चाउँदा ५ राज्यमा ५८ जनाको मृत्यु भएको थियो भने ६५ जना घाइँते भएका छन् ।
सबैभन्दा बढी उत्तर प्रदेशमा ३९ जनाको मृत्य भएको थियो । दिल्लीमा १०९ किलोमिटरको रफ्तारमा आँधी चलेको थियो । मौसम विभागले ५० किलोमिटरप्रति घण्टा आँधी चल्ने बताएको थियो । आँधी र तुफानमा मृत्यु भएहरुप्रति राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धीले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्