१८ हजार अव्यवस्थित वसोवास भएको गाँउमा ग्लोवल आईएमई बैंक



यमलाल भुसाल‚ बुटवल । अव्यवस्थित वसोवासका रुपमा रहेका १८ हजार जनसंख्या भएको ग्रामीण क्षेत्रमा ग्लोवल आईएमई बैंक लिमिटेड बुटवलले आफनो ८० औं शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेमा बैंकले सोमवार एक समारोहका बिच शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो ।
चरङ्गेको गाउँमा करीव २० हजार जनसंख्या रहेकोमा १८ हजार बढी अव्यवस्थित जनसंख्या रहेकाले सो स्थानमा कुनै पनि बैंकले शाखा कार्यालय स्थापना गर्न सकेका थिएनन ।

ग्लोवल आईएमई बैंकले द बैंक अफ अल भन्ने नाराका साथ सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पुराउने उद्देस्यलाई साकार रुप दिन शुरु गरेको ग्लोवल आईएमई बैंक बुटवल शाखाका प्रमुख जोगलाल भुसालले बताउनु भयो ।

शाखा रहित बैंकिङ्ग सेवाको प्रदेश नम्बर ५ का प्रदेश सदस्य दधिराम न्यौपानेले शुभारम्भ गदै अव्यवस्थित वसोवासी रहेको स्थानका जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोवल आईएमई बैंकले महत्व पुर्ण काम गरेको भन्दै प्रदेश सरकारले छिटै अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउन कानुन निमार्णको प्रक्रियामा रहेको समेत बताउनु भयो ।

उहाँले सवै वर्ग गाँउ वस्तीमा बैंकिङ्ग सेवा पुराउन सरकार गम्भिर हुनु पर्नेमा पनि जोड दिनु भयो ।
बैंकका शाखा रहित बैंकिङ्ग सेवाका केन्द्रिय प्रतिनिधी मुकुन्द भटृराईले ऋण प्रवाह बाहेकका सवै काम नगद जम्मा र नगद भुक्तानी शाखा रहित बैंकवाट गरिने बताउनु भयो ।

कार्यक्रममा बैकका भैरहवा शाखा प्रमुख चेतकान्त जैसी प्राचार्य राजेन्द्र पाराजुली सन्तोष पन्थ लगाएतले बैंक तथा वितिय संस्थामा पहुच नभएका जनतालाई ध्यानमा राखेर खोलिएको बैंकले स्थानियको सहयोग राम्रोसंग पाउने धारणा राख्नु भयो । चरङ्गेमा शाखा रहित बैंकिङ्ग सेवाको स्थानिय वुद्धि बहादुर खत्री क्षेत्री र कुल प्रसाद रिजालले जिम्मेवारी लिई सेवा प्रदान गर्नु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्