सहवाग र प्रितीको फोटो भायरल



नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औं संस्करणको रोमाञ्चक बनिरहेको बेला एक तस्वीर अहिले भायरल भइरहेको छ । किंग्स इलेभेन पञ्जाबकी सह मालिकनी प्रिती जिन्ता र प्रशिक्षक वीरेन्द्र सेहवागबीच कडा बहस भएको भारतीय संचारले जनाएको छ । टोलीले राजस्थान रोयल्ससँग हारेपछि प्रितीले सेहवागप्रति खेलाडी छनोट गर्नेमा सहमत भएकी थिएन् । यी दुई जना एक अर्कामा असहमत देखिएको तस्वीर अहिले भायरल भएको छ ।

तर प्रीतिले ट्वीट गर्दै यो आधारहीन भएको बताएकी छिन् । उनले सेहवागसँग टोलीको प्रदर्शनबारे केही कुरा गरेको बताइन् । उनले टोलीको मेनेजमेन्टको सँग हरेर खेलपछि छलफल गरिन्छ भनेर ट्वीटमा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्‌—एक अखबारले मलाई त खलनायिका बनाइदिएको छ । यसलाई बढाइ चढाई पेश गरेको छ । यो अखबारमा लेखिएको सबै झुठो हो ।

खास कुरा के भने जयपुरमा खेलिएको जित्ने खेलमा राजस्थानसँग पञ्जाब हारेपछि यी दुईबीच भनाभन भएको बताइएको थियो । राजस्थानले १ सय ५८ रन बनाएको थियो । पञ्जाबको लागि यो सहज लक्ष्य पनि थियो । लोकेस राहुल‚ क्रिस गेल‚ करुण नायर‚ मनोज तिवारी जस्ता ब्याटसम्यान भए पनि राहुललाई छाडेर सबैले निरास गरेका थिए । पञ्जाब १५ रनले हारेको थियो । यो हारले पञ्जाबको प्लेअफको आसा पनि कठिन हुँदै गएको छ । साथै यो खबर पनि चर्चामा छ कि सेहवागले पञ्जाब छाड्ने मन बनाएका छन् ।

तर किंग्स इलेभेन पञ्जाबबाट यसबारे स्पष्टिकरण पनि दिएको छ । टोलीले बताएअनुसार प्रबन्धन प्रक्रिया अनुरुप मैदान बाहिर र भित्र हरेक खेलपछि प्रदर्शनको समीक्षा गरिन्छ । जसमा औपचारिक र अनौपचारिक कुरा पनि हुन्छ । टोलीले स्पष्ट गरेको छ कि यसले कमजोर पक्षमा सुधार गर्न मद्दत मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्