बटलरद्वारा सेहवागको रेकर्डसँग बराबरी



लन्डन । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आईतबार राति भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

सो खेलमा इंग्लिस विकेटकिपर जोस बटलरले नटआउट हुँदै ९४ रनको योगदान दिए । ओपनर ब्याटसम्यानले ५३ बलमा ५ छक्का प्रहार गरेर रोयल्सलाई १ सय ६९ रनको लक्ष्यमा पुर्‍याएका थिए । बटलरको यो लगातार पाँचौ अर्धसतक पनि थियो । उनले आईपीएलमा वीरेन्द्र सेहवागले राखेको रेकर्डसँग बराबरी गरेका छन् ।

राजस्थानले यसअघि ९ खेलमा तीनमा जित हात पारेको थिया । यसपछि बटलरलाई ओपनरमा ल्याएपछि राजस्थानले लगातार तीन खेलमा जितेको छ । नतिजा टोली १२ अंकसहित अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । मुम्बई १० अंकसहित छैटो स्थानमा चिप्लेको छ । मुम्बई गत आईपीएल १० को च्याम्पियन पनि हो ।

राजस्थानले कोलकाता नाइट राइडर्ससँग मंगलबार खेल्नेछ । यसअघि सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्स प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्