युभेन्टस सिरी ए च्याम्पियन



रोम । युभेन्टसले १० खेलाडी सीमित रोमासँग बराबरी खेलेर इटालियन सिरी ए अन्तर्गतको लगातार सातौं पटक च्याम्पियन बनेको छ ।
आईतबार राति भएको खेलमा नेपोलीले साम्पडोरियामाथि जित हात पारे पनि युभेन्टसलाई उपाधि दिलाउनबाट वंचित गर्न सकेन । एक खेल खेल्न बाँकी रहेको स्थितिमा युभेन्टसको ९२ अंक छ भने नेपोली ४ अंकले पछि रहेको छ ।

रोमा तेस्रो स्थानमा छ । युभेन्टस हारेको भए अन्तिम खेलसम्म उपाधिको छिनोफानो हुने थियो । तर एक अंक जोडेर युभेन्टसले ३४ औं प्रमुख उपाधि पक्का गरेको थियो ।
यसअघि अप्रिल २२ मा नेपोलीले टुरिनलाई अन्तिममा नाटकीय जित प्राप्त गर्दा उपाधि जित्ने छनक देखाएको थियो । तर पछि फिओरेन्टीनामा ३–० ले हार्नु र फेरि टोरिनोसँग २–२ खेल्नु नेपोलीको लागि १९८९–९० पछि प्रमुख उपाधि जित्ने आशा समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्