चौध लाखको बिजुली बिल आएपछि आत्महत्या



बीबीसी । भारतका एक तरकारी बिक्रेताले १३ हजार अमेरिकी डलर (करिब १४ लाख नेपाली रुपैँया) को बिजुली बिल प्राप्त गरेपछि बिहीबार आत्महत्या गरेका छन् । पश्चिमी राज्य महाराष्ट्रमा बस्दै आएका ३६ वर्षीय जगन्नाथ सेल्केले आत्महत्या गर्नुअघि पत्र समेत लेखी उक्त बिल एकदमै धेरै भएको उल्लेख गरको उनका परिवारले बताएका हुन् ।
वास्तवमा उनले ६१७८ युनिटको बिजुली प्रयोग गरेकामा ६११७८ युनिटको बिल आएपछि घटनाले यस्तो रुप लिएको स्थानीय पुलिसको भनाइ छ ।

यस्तोमा उनले केबल २८०० भारु मात्र तिुर्नपर्ने भएपनि विद्युतिय बोर्डका अधिकारीहरुले आफ्नो गल्ती मान्नुको सट्टा उल्टै उनलाई पैसा नतिरेमा कानुनी कारबाही गर्ने धम्की दिएपछि सिल्केले आत्महत्या गरेको बताइएको छ । त्यसकारण अहिले उनको परिवारले सरकारी अधिकारीहरुमाथि लापरबाहीको आरोप लगाएका छन् ।

पुलिसका अनुसार प्रदेशद्वारा सञ्चालित विद्युतीय बोर्डमा आफूलाई गलत बिल पठाइएको भन्दै बारम्बार अपील गरेपनि अधिकारीहरुले उनको कुरालाई बेवास्ता गरिदिएका थिए । तर यो घटना सामाजिक सञ्जालमा भाइरल भएपछि भने बोर्डले उनको नामको बिल सच्याइदिएको हो तर त्यसबेलासम्म सिल्केले आत्महत्या गरिसकेका थिए । अहिले आरोपी अधिकारीलाई पुलिसले पक्राउ गरिसकेको छ । अधिकारीहरुले मिटरमा गलत युनिट पढेपछि यस्तो दुर्घटना हुन पुगेको बताइएको छ ।

केबल एक अङ्क बढी भएका कारण युनिट बराबरको रकम अत्याधिक धेरै हुन पुगेपछि उनीकहाँ त्यस प्रकारको बिल पठाइएको थियो । सिल्केले बोर्ड विरुद्ध उजुरी नदिएकाले पनि यो समस्या चाँडै नियन्त्रणमा नआएको उच्च अधिकारीहरुको भनाइ छ तर उनको परिवारले भने दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।

उनले सो बिल अप्रिलको अन्त्यमा अघिल्लो महिना बिजुली उपभोग गरेबापत प्राप्त गरेका थिए । ८ दिन अघि मात्र आफ्ना दाजु भित्तललाई उनले फोन मार्फत यस समस्याबारे बताएको भित्तलको भनाइ छ ।

बिलको भरपाइ गर्न नसकेमा विद्युतिय बोर्डका अधिकारीहरुले आफ्नो घरजग्गा सबै कब्जा गरिदिने धम्की दिएको भन्दै सिल्केले डराउँदै आफूलाई यसबारे खबर गरेको भित्तले बताएका हुन् ।

अहिले सिल्केकी छोरीले पनि सरकारसमक्ष देशको प्रणाली कमजोर भएकै कारण आफ्ना पिताले अनायासमा ज्यान गुमाउनु परेको गुनासो गरिरहेकी छन् । उनले भनिन् , ‘मेरो बुवा पहिले नै आर्थिक दबाबमा हुनुहुन्थ्यो । यस्तोमा त्यत्तिका धेरै रकमको बिजुली बिल आउनु उनका लागि ठूलो झट्का थियो ।’

प्रतिक्रिया दिनुहोस्