युद्धपोत तयार



बेइजिङ, (एजेन्सी)
चीनले देशमै बेनको पहिलो विमानवाहक युद्धपोट समुद्रमा परीक्षण थालेको छ। चीनले उक्त पानी जहाजलाई गत वर्ष अप्रिलमै सार्वजनिक गरेको थियो। यद्यपि यसको प्रणाली अद्यावधिक गर्न र हतियार जडानका कारण अहिलेसम्म सेवामा नराखिएको हो। युद्धपोतको अहिलेसम्म कुनै नामाकरण गरिएको छैन। नौसेनामा यसको प्रवेशपछि चीनको समुद्री शक्तिमा वृद्धि हुने अनुमान गरिएको छ। देशको नयाँ विमानवाहक युद्धपोत डालियान बन्दरगाहबाट समुद्रमा परीक्षणका लागि निस्किसकेको चीनको सिन्≈वा समाचार एजेन्सीले जनाएको छ। चीनसँग रहेको अर्को युद्धपोत लायेनिङ हो।

प्रतिक्रिया दिनुहोस्