कान्स रेड कार्पेटमा ऐश्वर्य



फ्रान्सको कान्स शहरमा भइरहेको ७१औं कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा शनिबार राति बलिउड नायिका तथा पूर्वविश्व सुन्दरी ऐश्वर्य राय प्रस्तुत हुँदा उनले सबैको ध्यान आफूतिर आकर्षित गरिन्।

१७ वर्षदेखि कान्स फिल्म फेस्टिवलमा भाग लिइरहेकी उनको यो पहिलो रेड कार्पेट अपिरिएन्स थियो। ऐश्वर्यले यसपटक डिजाइनर मिसेन सिनले तयार गरेको पिकक मेटिफ गाउन लगाएकी थिइन्। उक्त गाउन बनाउनका लागि करिब ३ हजार घण्टा लागेको भारतीय सञ्चारमाध्मयले जनाएको छ। यदि यो गाउन बनाउनका लागि लगातार खटिएको भए १ सय २५ दिन लाग्ने थियो। उक्त गाउनमा उनी निकै आकर्षक र बोल्ड देखिएकी थिइन्। रेड कार्पेटभन्दा पहिले उनीसँग छोरी आरध्या पनि थिइन्। रातो फ्रकमा आरध्या निकै राम्री देखिएको समाचारमा उल्लेख छ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको फोटोमा निकै लाइक तथा कमेन्ट पाएकी छिन्। खबरअनुसार ऐश्वर्यले २ दिनअघि मात्र इन्स्टाग्राम चलाउन थालेकी हुन्। इन्स्टाग्राममा उनलाई फलो गर्नेहरूको संख्या तीव्ररूपमा बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्