कहाँ छन् हराएका ती २१ हजार बालबालिका ?



काठमाडौं । मुलुकबाट १२ वर्षको अवधिमा २१ हजार बढी बालबालिका हराएका छन् ।

बालबालिका तथा खोजतलास समन्वय केन्द्रले २०६३ देखि २०७४ सालसम्म  २१ हजार ४ सय ३५ बालबालिका हराएको जनाएको छ । बालबालिका खोजतलास केन्द्रले उजुरीको आधारमा त्यस्तो तथ्यांक निकालेको हो ।

हराएका ती बालबालिका ५ देखि १८ वर्षका छन् । हराएका  मध्ये १० हजार ४ सय ६२ बालक र १० हजार ९ सय ७३ बालिका छन् । केन्द्रका अनुसार यसवर्ष ८ महिनामा १ हजार ६ सय ८ बालबालिका हराएको उजुरी परेको छ ।

केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले हराएका मध्ये ६ सय ६५ बालक र ९ सय ४३ बालिका रहेको जानकारी दिए ।

गरिबी तथा अभाव र अभिभावकको गालीको कारण बालबालिकाले घर छोड्ने गरेको केन्द्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्