जेसिकाले जितिन दोहोरो उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
झापाकी जेसिका गुरुङले योनेक्स सनराईज सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा
दोहोरो उपाधि जितेकी छन्। गुरुङले महिला सिंगल्सतर्फ र यु १९ महिला सिंगल्समा उपाधि जितेकी हुन्। उनले सिंगल्स फाइनलमा नेपाली सेनाकी रशिला महर्जनलाई सहजै २१–१३, २१–१६ को सिधा सेटमा पराजित गरेकी हुन्। त्यस्तै यु १९ फाइनलमा पनि सोही प्रतिद्वन्द्वीमाथि २१–१४, २१–१६ को जित निकाल्दै गुरुङले प्रतियोगितामा दोहोरो उपाधि हात पारिन्।

इटहरीबाट आएको समाचारअनुसार आफू जितबाट निकै नै हर्षित भएको र नयाँ प्रशिक्षक तथा नयाँ प्रशिक्षणस्थल प्राप्त गर्नाका कारण प्रतियोगितामा जित निकाल्न सकेको उनले बताइन्। सेमिफाइनलमा ब्याडमिन्टनतर्फ नेपालकी नम्बर एक महिला खेलाडी नङसलदेवी तामाङलाई हराएर फाइनल पुगेर उनले सनसनी मच्चाएकी थिइन्। उनलाई हाल पूर्वप्रशिक्षक विकास श्रेष्ठले जेष्ट ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्।

गुरुङले महिला एकलतर्फ नगद ५० हजार र यु १९ तर्फ नगद १५ हजार गरी ६५ हजार नगदसहित मेडल प्रमाणपत्रका साथै ट्रफी प्राप्त गरिन्। महिला एकलतर्फ दास्रो हुने खेलाडीले २५ हजार र तेस्रोले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यस्तै यु १९ तर्फ दोस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ हजार र तेस्रोले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिला डबल्सतर्फ भने गुरुङ र सुनैना मुखियाको जोडीले फाइनलमा हारको सामना ग¥यो। यो हारसँगै गुरुङले प्रतियोगितामा तेहेरो उपाधि जित्ने आशा समाप्त भएको थियो। यो जोडीलाई सेनाका नङसलदेवी र अनु राईको जोडीले २१–१६, २१–१८ ले हराएको थियो। विजेता टोलीले २० हजार, दोस्रोले १० र तेस्रोले ५–५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

एमाले भातृ संगठन खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ आफ्नो जितलाई निरन्तरता प्रदान गर्दै सेनाका रत्नजित तामाङ विजयी भए। उनले एपिएफका दिपेश धामीमाथि २१–१३ र २१–१२ को जित निकाले। यो उनको पुष्पलाल स्मृतीको छैठौं पटकको विजय हो। यसका साथै उनको लगातार जित २५ संख्यामा पुगेको छ। तामाङले नगद ५० हजार र धामीले नगद २५ हजार र तेस्रो हुनेले नगद १०÷१० हजार प्राप्त गरे।

पुरुष डबल्सतर्फ पनि तामाङले नवीन श्रेष्ठसँग खेल्दै धामी र विजित थापामगरको जोडीलाई २१–१३, २१–१५ ले पाखा लगाउँदै उपाधि जिते। तामाङ र श्रेष्ठको जोडीले नगद २० हजार, धामी र थापा मगरको जोडीले १० हजार र तृतीय हुने टोलीले नगद ५÷५ हजार प्राप्त गरेका थिए। पुरुष यु १९ तर्फ सेनाका प्रफुल महर्जनले आफ्नै क्लबका रुकेश महर्जनलाई २१–१६, २१–१८ ले पराजित गर्दै उपाधि जिते। पहिलोले नगद १५ हजार, दोस्रोले ७ हजार र तेस्रोले नगद ४÷४ हजार प्राप्त गरे।

प्रतियोगिताको भेट्रानस जोडीतर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी ललितपुरका सुनिल शाक्य र सुगत रत्न शाक्यको जोडीमाथि भारी परे। श्रेष्ठ र प्रधानको जोडीले शाक्य जोडीलाई २१–१५, २१–१४ ले जित हात पारे। श्रेष्ठ र प्रधान जोडीले नगद १५ हजार, शाक्य जोडीले १० र तेस्रो हुनेले ५–५ हजार हाँसिल गरे।

प्रतिक्रिया दिनुहोस्