संसदीय चुनाव



बग्दाद, (एजेन्सी)
इराकमा इस्लामिक कट्टरपन्थी इस्लामिक स्टेटलाई पूर्णरूपमा तहनहस पारेको घोषणापछि पहिलो पटक संसदीय चुनावका लागि शनिबार मतदान भएको छ। हिंसा प्रभावित यस देशमा कडा सुरक्षा व्यवस्थाबीच मतदान केन्द्र खोलिएको बताइएको छ। इराकमा हालैका महिनामा हिंसाका घटनामा गिरावट आइरहेको छ। तर अझैपछि जिहादी सुरक्षाका लागि खतरा बनिरहेको छ। निवर्तमान प्रधानमन्त्री हैदर अल अब्दी पुनः सत्तामा आउनका लागि चुनाव लडिरहेका छन्। सन् २०१४ मा देशको बागडोर सम्हाल्दा देशको अधिकांश इलाका आईएसले कब्जामा लिइसकेको थियो।

प्रतिक्रिया दिनुहोस्