श्रीदेवीको निधनबारे जाँच नहुने



भारतको सर्वोच्च न्यायालयले यूएईको दुबईमा भएको बलियड अभिनेतृ श्रीदेवीको मृत्युको स्वतन्त्र चाँज गराउन माग गरेको याचिका खारेज गरेको छ। निर्माता सुनील सिंहले उनको मृत्युको स्वतन्त्र छानविन गर्न उच्च अदालतसमक्ष अपिल गरेका थिए। तर, अपिल मञ्जुर नभएपछि उनी सर्वोच्च अदालत गएका थिए, जहाँ उनको याचिका मञ्जुर भएको थियो। शुक्रबार भएको सुनुवाइमा सर्वोच्चले याचिका खारेज गरेको हो।

समाचारअनुसार अभिनेतृ श्रीदेवीको मृत्युको स्वतन्त्र जाँच गर्नुपर्ने माग गर्दै एक याचिका दायर गरिएको थियो। जसमा भनिएको थियो ‘दुबई पुलिसले पनि मृत्युमाथि सन्देह जनाएको थियो तर दूतावासको हस्तक्षेपका कारण मृत्युसम्बन्धी छानविन बन्द गरेर उनको शव भारत पठाइयो।’

याचिकाकर्ता सुनील सिंहले आफ्नो याचिकामा भनेका छन्– ‘जुन संदिग्ध हालतमा दुबईमा श्रीदेवीको मृत्यु भयो। यसको जाँच निकै जरुरी छ। किनभने आजसम्म श्रीदेवीको मृत्युसँग जोडिएका सवालको जवाफ आएको छैन। जसमाथि अदालतको दबाब जरुरी छ।’ तर, सर्वोच्च अदालतले उक्त याचिका खारेज गरेर अभिनेतृको मृत्युको स्वतन्त्र जाँच गर्नुपर्ने मागमाथि विराम लगाएको छ।

प्रतिक्रिया दिनुहोस्