डान्सिङ बिटमा नेक्टस् टाइम



गायिका सरिता प्रजापतिले नयाँ गीत नेक्टस् टाइम सार्वजनिक गरेकी छन्। डान्सिङ बिटमा तयार पारिएको गीतले दर्शक स्रोता नचाउने उनले विश्वास लिएकी छन्।

सांगीतिक यात्राको ७ वर्षे करियरमा थुप्रै हिट आधुनिक तथा लोकपप गीत दिएकी सरिता स्टेज कार्यक्रममा खोजिने गायिका पनि हुन्। अहिलेसम्म ४ लर्जन बढी गीत रेकर्ड गराएकी उनका थारू, भोजपुरी र नेपाल भाषाका गीतसमेत सार्वजनिक भएका छन्।

सरिताले नयाँ गीत आकर्षक भिडियोसहित सार्वजनिक गरेकी हुन्। गीतमा गणेश श्रेष्ठको शब्द र अनिश श्रेष्ठको संगीत समेटिएको छ। भिडियोमा जा≈नवी बस्नेत र मोहन तिमल्सिनाले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्