३० बर्ष नपुग्दै सफलताको शिखर चुम्ने नयाँ पुस्ताका बलिउड स्टार



काठमाडौं । बलिउडको घडी निकै तिव्र गतिमा चलिरहेको छ । जान्हवी कपूर, सारा खान, अनन्या पाण्डे जस्ता स्टार किड्स बलिउडमा कदम राख्न तयार भएका छ । टाइगर श्राफ, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा जस्ता कलाकारको बलिउडमा डेब्यू गरेको लामो समय भएको छैन । उनीहरु ३० बर्षको परिफेरीमा छ । ३० बर्षको छेउछाउमै उनीहरुले सफलताको शिखर चुमेका छन् ।

१. किर्ती सेनन

२७ बर्षकी किर्तीले अहिलेसम्म चार फिल्ममा काम गरेकी छन् । चार फिल्मले कुल २६२ करोड कमाएका छन् । उनको ‘दिलवाले’ फिल्मले सबैभन्दा बढी १४८ करोड कमाएको थियो ।

२. कार्तिक आर्यन

कार्तिक केवल २५ बर्षका हुन् । उनका ६ फिल्मले २०० करोड कमाएका छन् । उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘सोनू की ट्वीटी की स्वीटी’ हो । जसले १०९ करोड कमाएको थियो ।

३. भूमि पेडनेकर

केही फरक तरिकाका फिल्म गर्दै आएकी भूमि २८ बर्षकी भइन् । उनले अहिलेसम्म ३ फिल्म गरेकी छन् । उनका सबै फिल्मले २१० करोड कमाएका छन् । सबैभन्दा बढी ‘टवाइलेट एक प्रेम कथा’ले १३५ करोड कमाएको थियो ।

४. दिशा पाटनी

दिशा मात्रै २५ बर्षकी भइन् । अहिलेसम्म उनले तीन फिल्म गरेकी छ । ती फिल्मले कुल २९० करोडको आँकडा पार गरेका छन् । उनको ‘बागी २’ले सबैभन्दा धेरै १५४ करोड कमाएको छ ।

५. परिणीति चोपडा

शुरुवातमा परिणीतीलाई प्रियंका चोपडाकी बहिनीकारुपमा चनिने गरेको थियो । तर उनले आफ्नो क्षमताले आफुलाई स्टार सावित गरिन् । उनी २९ बर्षकी भइन् । उनले अहिलेसम्म १० फिल्ममा काम गरेकी छन् । ती फिल्मले कुल ५२० करोड कमाएका छन् । उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘गोलमाल अगेन’ हो । जसले २०६ करोड कमाएको थियो ।

६. टाइगर श्राफ

आफ्नो मेहनतले पुरै इन्डस्ट्रीलाई दिवाना बनाउने टाइगरले अहिलेसम्म ५ फिल्ममा काम गरेका छन् । उनी २८ बर्षका भए । उनका सबै फिल्मले ३३५ करोड बढी कमाएका छन् । उनका सबैभन्दा हिट फिल्म ‘बागी’ र ‘बागी २’ हुन् ।

७. आलिया भट्ट

आलिया २५ बर्षकी भइन् । तर उनले ९ फिल्ममा काम गरिसकेकी छन । उनका सबै फिल्मले ७६० करोड बढी कमाएका छन् ।

८. अनुष्का शर्मा

२९ बर्षकी अनुष्काले अहिलेसम्म १५ फिल्ममा काम गरेकी छ । उनका धरै फिल्म हिट भएका छ । उनका सबै फिल्म कुल १२९० करोड कमाएका छन् । उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘पिके’ हो । जसले ३४० करोड कमाएको थियो ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्