‘बिसालु छु सर्प जस्तै डस्न पनि सक्छु’



बिसालु छु सर्प जस्तै डस्न पनि सक्छु
थाहै नदि त्यो दिलभित्र पस्नपनि सक्छु ।

हिजोपनि सक्दो घाइते पारेकै हुँ तिम्लाई मैले
भोली फेरी त्यसैगरि कस्नपनि सक्छु
थाहै नदि त्यो दिल भित्र पस्नपनि सक्छु ।

भुकम्पले पीडित थियौ मेले झनै पीडा दिए
त्यो बेलामा नाकाबन्दी गर्ने स्वयम म नै थिए
त्यो पल सम्झी तिमी रिसले आगो भाको बेला
तिम्लाई खुसी पार्न चेप्रो घस्नपनि सक्छु
थाहै नदि त्यो दिलभित्र पस्नपनि सक्छु ।

बिचल्लीमा परि तिमी भौतारिएको देखे भने
चट्टान बनि माथीबाट खस्नपनि सक्छु
थाहै नदि त्यो दिलभित्र पस्नपनि सक्छु ।

मुखले रामराम भन्दै छुरा हानेकै छु मैले
तिमी रुदा रमाउन नि जानेकै छु मैले
उ बेला झै रमिते भई बस्नपनि सक्छु
थाहै नदि त्यो दिलभित्र पस्नपनि सक्छु ।

आफ्नो ख्याल आफै गरे भर नपरे मेरो
बिसालु छु सर्प जस्तै डस्नपनि सक्छु
चट्टान बनि माथीबाट खस्नपनि सक्छु
थाहै नदि त्यो दिलभित्र पस्नपनि सक्छु ।


तुलसी न्यौपाने
ओखलढुंगा हाल काठमाडौं

प्रतिक्रिया दिनुहोस्